सुमो दुर्घटना हुँदा १३ भारतीय तीर्थयात्रु घाइते

मनहरी (मकवानपुर), ७ कात्तिक / भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा दुर्घटनामा परी घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी- मातातीर्थ काठमाडौँ जाने भित्री सडकखण्डमा आज बिहान ३ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मधेस प्र.०३-००१ ज ०२८३ नम्बरको सुमो आफैँ अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताउनुभयो ।

Advertisement:

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका-२१ बस्ने वर्ष २५ को अनिलकुमार शाह प्रहरीको नियन्त्रणमा रहेको उहाँले जानकारी दिनुभयोे । सुमोमा सवार घाइते सबै भारतीय तीर्थयात्रु रहेको र घाइतेको उपचारका लागि काठमार्डौँ पठाइएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् :