क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु

मकवानपुर, ९ कात्तिक / मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिदा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महत्तोलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले बताउनुभयो ।
क्रेनले च्यापिएको अवस्थामा रहेका उनलार्ई स्थानीयवासीको सहयोगमा निकालिएको थियो ।
पर्सा जिल्ला वीरगञ्ज महानगर पालिका ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस