बैंक तथा सहकारीमा चोरी गरी क्यासिनोमा रमाउने तीन भारतीयसहित १० जना पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले विभिन्न बैंक तथा सहकारीमा भएका चोरीको घटनामा संलग्न रहेको आरोपमा ३ भारतीय नागरिकसहित विभिन्न मुद्दामा १० जनालाई पक्राउ गरेको छ । उनीहरुले चोरी गर्दै क्यासिनोमा जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यसरी पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको गोरखपुर घर बताउने प्रचन्ड विक्की ठाकुर भन्ने आकाश सिंह, सोनु भन्ने जितेन्द्र यादव र अरविन्द भन्ने विष्णु साहनी रहेका छन् । उनीहरुलाई आइतबार रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

Advertisement:

उनीहरुले असोज १७ को राति तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित कामना बहुउद्देश्यीय सहकारी संस्थाको ३ लाख ५७ हजार ६ सय रुपैयाँ र सीसी क्यामेराको ब्याकअप, सांग्रीला डेभलपमेन्ट बैंकको शाखाबाट प्रबन्धकले प्रयोग गर्ने ल्यापटप‚ सीसी क्यामराको ब्याकअप र खुकुरी चोरी गरेका थिए ।

वैशाख ९, जेठ २ र असार ११ र २३ मा सिद्धार्थनगर नगरपालिकामा पनि उनीहरूले चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरु जुवाका लती हुन् । क्यासिनोको लत लागेका उनीहरु नेपाल छिरेर रुपन्देहीका विभिन्न क्षेत्रमा चोरी गरेर रकम जम्मा गर्ने र क्यासिनोमा जाने गरेका थिए । सिद्धार्थनगर नगरपालिकामा रहेको एक क्यासिनो बाहिर शंकास्पद अवस्थामा रहेका उनीहरुलाई प्रहरीले कात्तिक ४ मा पक्राउ गरेको हो ।

५।६ जनाको समूहमा रहेकामध्ये ३ जनालाई प्रहरीले खोजी गरिरहेको छ । पक्राउ परेकाहरुले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूहरु लामो समयदेखि चोरी गर्ने र क्यासिनोमा जाने गरेको बताएका छन् । यस्तै विभिन्न चोरीका घटनामा संलग्न अन्य ७ जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

दसैंको मौकामा बुटवलका विभिन्न स्थानमा चोरी तथा डकैतीमा संलग्नलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरी सार्वजनिक गरेको हो ।

यस्तै, मोटरसाईकल चोरीमा संग्लन रहेका गुल्मी मालिका गाउपालिका ३ बस्ने बर्ष १९ को सोनु खड्का र बुटवल उप–महानगरपालिका ३ बस्ने बर्ष १८ को कृष्ण क्षेत्री पक्राउ परेका हुन । असोज १८ गते बुटवल उप–महानगरपालिका-३ सिद्धबावा मन्दिर नजिकै पार्किङ गरी राखेको शिशिर खनालको लु ९३ प ७०१० नं।को मोटरसाईकल चोरी भएको थियो ।

असोज १९ गते गते साँझ जिल्ला रुपन्देही बुटवल उप–महानगरपालिका-३ बमघाट स्थितमा सोनु खड्का र कृष्ण क्षेत्रीले उक्त चोरी भएको लु ९३ प ७०१० नम्बरको मोटरसाइकल चलाउदै गरेको अबस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र गोलपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

यस्तै बुटवल ११ देविनगरस्थित ईन्द्र बहादुर खत्रीको डेरा कोठाबाट सुनको औठी तथा कानमा लगाउने टप चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही बुटवल–११ बस्ने बर्ष १९ की अंशिका पल्ली मगरलाई बुटवल ११ देबीनगरबाट चोरी गरेको सुन र नगद फेला पारी चोरी कसुरमा मुद्दा गरी जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको छ ।

यस्तै कार्तिक ०७ गते बिहान तिलोत्तमा नगरपालिका-२ जानकी नगर स्थित गंगा बहादुर कुँवरको घर कोठामा प्रवेश गरी नगद रु ६० हजार र आधा तोला सुनको तिलहरी चोरी गरेको भारत दार्जिलिङ घर बताउने वर्ष ४२ को कमल थापालाई चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

यस्तै कार्तिक १० गते बुटवल-९ नयाँ बसपार्कस्थित गस्तीमा खटिएका प्रहरी टोलिले शंकास्पद अवस्थामा दौडी रहेका व्यक्तिहरुलाई रोकी सोधपुछ ती व्यक्तिहरुले तामाका भाडा र नगद ५ हजार चोरी गरी भाग्दै अवस्थामा पक्राउ गरी कारवाही अगाडि बढाएको छ । पक्राउ पर्नेहरुमा बुटवल–४ बस्ने बर्ष १८ को अबिषेक थापा , पाल्पा, तानसेन नगरपालिका वडा नं।४ बस्ने बर्ष २० को सन्तोष थापा, वर्ष १८ को सिद्धार्थ जंग लामा भन्ने सन्देश नेपाली, रहेका छन् ।

यस्तै कार्तिक ११ गते बुटवल उप–महानगरपालिका वडा नं। ११ बुद्धनगरस्थित हेमन्त सुनारको कोठाभित्र खाटको सिरानीमा राखेको मोवाईल थान–२ र नगद रु ५ हजार चोरी गर्ने व्यक्ति प्रक्राउ गरेको छ । बुटवल ११ बस्ने बर्ष १८ को सुमित परियारलाई शरीर खानतलासी लिने क्रममा निजको साथवाट चोरी भएको मोवाईल थान–२ र नगद ५ हजार फेला पारी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बुटवले जनाएको हो ।

यस्तै कार्तिक ८ गते लागू औषधसहित तिलोत्तमा नगरपालिका वडा नं ९ मंगलापुरस्थित सिद्धार्थ राजमार्गको मुख्य सडक खण्डको पुर्व सर्भिस लेनमा सवारी दुर्घटना भएको भन्ने सुचना आधारमा जाँदा लु ५८ प ४१९५ नम्बरको मोटरसाईकल दुर्घटना भएको अवस्थामा सोहि स्थानमा मोटरसाईकल चालक सोधपुछ गर्दा जिल्ला स्याङ्जा चापाकोट नगरपालिका वडा नं ९ घर बताउने वर्ष २४ को स्वस्तिक भक्त भण्डारीलाई खान तलासी लिदा निजको दाया खुट्टाको घुडामा सेतो प्लाष्टिकको टेपले बेरि लुकाई छिपाई राखेको अवस्थामा लागु औषध सेरिज्याक २ एमएल दरको २२ एम्पुल्स, फेनारागन २ एमएल दरको २१ एम्पुल्स र तालाजेसिक २ एमएल दरको २६ एम्पुल्ससहित फेला पारी थप अनुसन्धान भई रहेकोे ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दान बहादुर थापाले जानकारी दिए ।

लुम्बिनीको गेष्टहाउसबाट विद्युतीय जुवातास खेलाउने समूह पक्राउ

रुपन्देही प्रहरीले लुम्बिनीको एक होटलमा बसेर विद्युतीय जुवातास खेल्ने र खेलाउने तीन जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरीले अवैध विद्युतीय उपकरणसहित असोज ८ गते लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं १० स्थित लुम्बिनी गेष्ट हाउसको कोठा नं ४०१ बाट पक्राउ परेका तीन जनालाई जुवासम्बन्धि कसुरमा मुद्दा चलाउन ७ दिनको म्याद थपेर अगाडि बढाएको छ ।

प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका ९ बस्ने ३७ वर्षीय मोहनप्रसाद निरौला, सोही ठाउँका ३६ वर्षीय शिव ओली, र रुपन्देही शुद्धोधन गाउँपालिका ३ फर्साटिकरका ५५ वर्षीय राकेश बानियालाई नगद रकम ८३२७०सहित पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुले प्रयोग गरेको लु ३ च २०२२ नं को कार, मोवाइल थान ६, मोवाइलको ब्याट्री (सानो, ठूलो) थान १७, विभिन्न किसिमका तासको गड्डी,बिद्यतीय उपकरण मोवाइलको कनेक्टर, बिद्युती उपकरण ब्याट्रीजस्तो देखिने २९ थान, बिद्युतीय उपकरण म्याक्स लेखेको ब्याट्री ४ थान पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :