मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु

हेटौंडा – मकवानपुरमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । आईतबार दिउँसो २ बजेर ३५ मिनेटमा जिल्लाको भिमफेदी गाउँपालिका वडा नं.३ बेसारघारीका ७० बर्षीय गणेश बहादुर स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार स्याङतान घरदेखि डेढ किलोमिटर पश्चिमतर्फ भिर भएको स्थानमा घाँस काट्न गएका थिए । सोही क्रममा भिरबाट लडेर उनको मृत्यु भएको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर कानुनी प्रक्रिया पुरा गरी शव आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस