मकवानपुरको बकैयामा मिनीट्रक दुर्घटना
हेटौंडा – धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नं.५ तिनतलेमा मंगलबार दिउँसो मिनीट्रक दुर्घटना भएको छ ।
हेटौंडा बजार तर्फबाट फापरबारी तर्फ जाँदै गरेको बा.प्र.०३–००१क ०७९२ नम्बरको मिनीट्रक (पानीलोड) आफै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परी चालक बकैया गाउँपालिका वडा नं.७ हर्दा बस्ने २६ बर्षीय युबराज सापकोटा र सहचालक बकैया गाउँपालिका वडा नं.६ गबरस्थान बस्ने २८ बर्षीय दिनेश लामा घाइते भएका छन् ।
सापकोटाको टाउँकोमा मध्यम र लामा टाउँकोसंगै अनुहारमा गम्भीर चोट लागेको छ । घाइते सापकोटाको हेटौंडा अस्पताल र लामाको चितवनस्थित पुरानो मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
‘टोल विकास संस्थाहरुको सक्रियता’ नामक पुस्तक सार्वजनिक
-
२.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
३.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
४.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
५.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै