एमालेको चियापान कार्यक्रम आज

काठमाडौं । नेकपा एमालेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आज हुँदैछ ।

एमालेले नेपालीहरुको महान पर्व बडादसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

Advertisement:

कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएकोे हो । एमाले केन्द्रीय कार्यालयका अनुसार, चियापानमा राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :