मकवानपुरमा थप ४ जना डेंगु संक्रमण पुष्टि

मकवानपुर – मकवानपुरमा थप ४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमध्ये हेटौंडाका २ जना, मनहरी र भीमफेदीका एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला स्वास्थय कार्यालय मकवानपुरका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ७२२ पुगेको छ । उक्त तथ्याङ्क गत साउन महिनादेखि आजसम्मको हो ।

Advertisement:

जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ४९८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १९ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६६ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३६ जना, बकैया गाउँपालिकाका २२ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण ए जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस् :