भारतबाट सयपत्री फूलको माला आयातमा रोक

काठमाडौं । भारतबाट सयपत्री फूलको माला आयातमा रोक लगाइएको छ । सरकारले तिहारमा आन्तरिक उत्पादनले नै माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गत पुष्प विकास केन्द्र गोदावरी ललितपुरले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो । जारी सूचनामा तिहारको लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले सयपत्री फूलको माला आयातमा रोक लगाइएको उल्लेख गरिएको छ ।

Advertisement:

उक्त नियम गत कार्तिक १ गतेदेखि नै लागू भइसकेको र इजाजतपत्र बेगर भारतीय सयपत्री माला आयात गरिएको भेटिएमा कानून बमोजिम कारबाही हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :