सरकारी नम्बरको बाइकमा भारतीय नम्बर राखेर चलाउने पक्राउ

Pakrau

रौतहट – सरकारी नम्बरको मोटरसाइकल (बाइक) मा भारतीय नम्बर राखेर चलाउने तीन जनालाई प्रहरीले बुधबार रौतहटबाट पक्राउ गरेको छ ।

फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकलमा भारतीय नम्बर राखेर चलाउने तीन जनालाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ ।

Advertisement:Pakrau

प्रहरीका अनुसार, उक्त मोटरसाइकल गौर नगरपालिका १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडि पार्किङ्ग गरी राखेको अवस्थामा चोरी भएको थियो ।

प्रहरीले आरोपीहरुको पहिचान भने खुलाएको छैन । पक्राउ परेका उनीहरुमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :