मुलपानी क्रिकेट मैदानमा नेपाल यूएईसँग भिड्दै

काठमाडौं , तातोखबर/ आज नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बिचमा प्रतिस्पर्धा हुदैँछ । जारी आसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल यूएईसँग मैदानमा उत्रन लागेको हो ।
आजको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ । केही समय देखी जारी विश्वकप छनोटको सेमिफाइनल तथा नेपालका लागि निर्णायक मानिएको खेलमा आज नेपालले यूएईसँग भिडन लागेको हो ।

नेपाल समूह एको उप–विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुनेछ । यो खेल नेपाललाई अघिल्लो खेलको हारको बदला लिने यो अवसर पनि रहेको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :