मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ७२५ पुग्यो

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगु संक्रमितको कुल संख्या ७२५ पुगेको छ ।

जिल्लामा ३७१ पुरुष र ३५४ महिला गरी उक्त संख्यामा डेंगु संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

Advertisement:

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ५०० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी गाउँपालिकाका १९ जना, बागमती गाउँपालिकाका २४ जना, मनहरी गाउँपालिकाका ६६ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३६ जना, बकैया गाउँपालिकाका २२ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कैलाश गाउँपालिकामा भने डेंगु संक्रमितको बिरामी फेला नपरेको मकवानपुर स्वास्थ्य कार्यालय जनाएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगु संक्रमणका कारण ए जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस् :