भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुग्यो

काठमाडौं ,तातोखबर/ गएराति भएको भूकम्पमा जाजरकोट र रुकुमपश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या १ सय २८ पुगेको छ । यस्तै भूकम्पबाट १ सय ४० जना घाइते भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयले जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि गरेको छ । यस्तै ५५ जना घाइते छन् । त्यसै गरी भूकम्पमा परी रुकुमपश्चिममा ३६ जनाले ज्यान गुमाएको जानकारी प्राप्त भएको छ, भने ८५ जना घाइते छन् ।

Advertisement:

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा सक्रिय रुपमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् ।

उनी स्वास्थ्यकर्मीसहित अत्यावश्यक सामग्री लिएर भूकम्पले क्षति गरेको क्षेत्र पुग्दैछन् । भूकम्पको थप विवरण आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :