इथियोपिया बाढीमा २० को मृत्यु

वर्षाले पुल र सडकहरू क्षतिग्रस्त हुँदा प्रभावितहरूलाई घर पुग्न समस्या भएको तथा बाली, वस्तुभाउ र सम्पत्तिमा पनि क्षति पुगेको सोमाली क्षेत्रीय राज्य सञ्चार ब्युरोले एक विज्ञप्तिमा उल्लेख गरेको छ । “बाढीमा अहिलेसम्म २० भन्दा धेरैको मृत्यु भइसकेको छ, १२ हजारभन्दा बढी विस्थापित भएका छन्”, विज्ञप्तिमा भनिएको छ, “बढ्दो वर्षा र पूर्वानुमानले बाढीको खतरा उच्च रहेको देखाउँछ ।”

 

Advertisement:

 

पूर्वी अफ्रिकामा अल निनोका कारण अक्टोबरदेखि डिसेम्बरसम्मको अवधिमा सामान्यभन्दा अधिक वर्षा हुने सम्भावना रहेको संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सी ओसिएचएले गत महिना बताएको थियो । अल निनो विश्वभरमा बढ्दो गर्मीका साथै विश्वका केही भागमा खडेरी र अन्य स्थानमा भीषण वर्षासँग सम्बन्धित प्राकृतिकरूपमा हुने ढाँचा हो ।

“सोमालियमा अक्टोबरदेखि डिसेम्बरसम्मको मनसुनको सुरुदेखि भीषण वर्षाका कारण आएको बाढीबाट १४ जनाको मृत्यु हुनुका साथै र कम्तीमा चार लाख पाँच हजार छ सय ५२ मानिस प्रभावित भएका थिए” ओसिएचएले शनिबार जारी गरेको एक प्रतिवेदनमा भनिएको छ, “बाढीको जोखिमबाट बच्नका लागि ४७ हजार एक सय मानिस उच्च स्थानमा सरेका छन् ।”
रासस

प्रतिक्रिया दिनुहोस् :