मकवानपुरमा एक महिला मृत अवस्थामा फेला

मकवानपुर – मकवानपुरमा आज दिउँसो एक महिला मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ९ ज्यामिरे बस्ने अन्दाजी ५३ वर्षीया विष्णुमाया घलान मृत अवस्थामा फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Advertisement:

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घलान आफ्नै घरको भान्सा कोठाको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस् :