१५ वर्षीया किशाेरीकाे बलात्कारपछि हत्या गर्ने एक युवा पक्राउ

Pakrau

गुल्मी – गुल्मीमा १५ वर्षीया किशाेरीकाे बलात्कारपछि हत्या गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेकाे खजुरा गाउँपालिका–७ घर भई अहिले चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षीय रहिस खाँ रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयाे ।

खाँले चन्द्रकोट–५ मा बसाेबास गर्दै आएकी बाग्लुङको बरेङ गाउँपालिका–३ कि किशाेरीलाई बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । किशाेरीकाे शव गएकाे शुक्रवार चन्द्रकोट–४ हुग्दी खोलामा फेला परेको थियो ।

Advertisement:Pakrau

पक्राउ परेका खाँलाई गुल्मी जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुर र करणीसम्बन्धी कसुर गरेको मुद्दामा पाँच दिन म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रधानले बताउनुभयो ।

ती किशाेरी आमासँग कोठा भाडामा चन्द्रकोटमा बस्दै आएकी थिइन् । शुक्रवार दिउँसाे खेतमा काम गरिरहेका खेतालालाई सुर्ती किन्नका लागि बजार निस्किएपछि उनी बेपत्ता भएकी थिइन् । किशाेरीकाे हत्यारालाई सार्वजनिक गरी कडाभन्दा कडा सजाएको माग गर्दै स्थानीयसँगै जिल्लाका अधिकारकर्मीले आन्दाेलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :