भुकम्प प्रभावितलाई कर्मचारीको एक करोड २५ लाख सहयोग

काठमाडौ – जाजरकोट भुकम्प पीडितहरुको राहत उद्दार र पुनःस्थापनाको लागि बागमती प्रदेश सरकारमा कार्यरत कर्मचारीहरुले आर्थिक सहयोग गर्ने भएका छन् ।

बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले गत कात्तिक १७ गते गएको भुकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितहरुको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताउनु भयो ।

Advertisement:

बैठकलले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गत शुक्रबार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको उपाध्यायले बताउनु भयो ।

बैठकले भुकम्पबाट प्रभावितलाई राहत तथा पुनः स्थापनाको लागि बागमती प्रदेश अन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवं सो सरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृत स्तरका कर्मचारीको दुई दिनको तलब र अन्य सवै कर्मचारीको एक दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् :