मदिरा चोरी गरेको निहुँमा युवकको हत्या, पसल सञ्चालक पक्राउ

धनगढी – सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा मदिरा चोरी गरेको निहुँमा युवकको हत्या गरिएको छ । धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबा नजिकै बाँसको लाठी प्रहार गरेर सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापाको हत्या गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले स्थानीय व्यापारी कृष्ण सेट्टीले बाँसको भाटाले प्रहार गरेपछि बेहोस भएका थापा मृत अवस्था अवस्थामा फेला परेको जानकारी दिए ।

Advertisement:

उनका अनुसार सोमवार दिउँसो मदिरा चोरी गरेको आरोपमा बाँसको भाटाले थापामाथि सेट्टीले कुटपिट गरेका थिए । कुटपिटबाट बेहोस भएका थापाको घरमा मृत्यु भएको हो ।

बेहडाबाबामा पसल सञ्चालन गर्दै आएका सेट्टीले आफ्नो पसलबाट मदिरा चोरी गरेकाले थापामाथि कुटपिट गरेको स्वीकार गरेको प्रहरीको भनाइ रहेको छ ।

सेट्टीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ भने मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् :