राष्ट्रपति पौडेलले भूकम्प पीडितलाई १ महिनाको तलब दिने

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडित तथा प्रभावित क्षेत्रका जनताका लागि प्रधानमन्त्री प्रकोप उद्वार कोषमा १ महिनाको तलब बराबरको रकम दिने भएका छन् ।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रपतिले कोषमा रकम जम्मा गर्ने स्वकीय सचिवालयले जनाएको छ ।

Advertisement:

राष्ट्रपति पौडेलले भूकम्पबाट प्रभावित क्षेत्रहरूको भ्रमण पनि गरेका छन् । शुक्रबार राति गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रको अवस्था बुझ्न उनी मंगलबार जाजरकोट पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस् :