लागुऔषधसहित ५ जना पक्राउ

Pakrau

पोखरा – तनहुँमा बुधबार लागु औषधसहित ५ जना पक्राउ परेका छन्। पक्राउ परेका मध्य ३ जना भारतीय नागरिक हुन्। बुधबार विहान ६ बजे आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्गबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन्।

आँबुखैरेनीतर्फ आइरहेको ग १ ख ९६८४ नम्बरको यात्रुवहाक बस चेकजाँचको क्रममा लागु औषधसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए।

Advertisement:Pakrau

डिएसपी खाँणका अनुसार भारतको मोतिहारी पूर्वी कटहनौनापुरकी ६० वर्षीया मुस्ताफा खातुन, १८ वर्षीय निराले आलमसँगै मोतिहारी चम्पारणका १८ वर्षीय क्यामुदिन अन्सारी पक्राउ परेका हुन्।

उनीहरुको झोलाबाट डाइजापाम, फेनारागन र नुर्फिन ७३/७३ एम्पुल बरामद गरेको उनले बताए। ‘तीनै जना बिरुद्ध लागुऔषध मुद्वामा जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ’, डिएसपी खाँणले भने।

यस्तै, बुधबार राती बेनीटारबाट थप २ जना युवक प्रकाउ परेका थिए। बेनीटारको अस्थायी प्रहरी पोष्ट पुलजिपले बिरगंजबाट पोखरा आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २३१५ नम्बरको बसमा सवार २ युवकलाई पक्राउ गरेको हो।

पर्साको जिराभवानी गाउँपालिका–१ गमरियाका १८ वर्षीय अशोक यादव र राकेश यादवले लुकाइ ल्याएको नाइट्राभेट–१० लेखिएको ६ सय थान ट्याबलेट बरामद गरेको हो।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ। लागु औषध मुद्वामा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस् :