स्राेत नखुलेकाे २६ लाख रुपैयाँसहित दुईजना पक्राउ
काठमाण्डाै – प्रहरीले स्राेत नखुलेकाे २६ लाख ५७ हजार रुपैयाँसहित काठमाण्डाैकाे इन्द्रचाेकबाट दुई जनालाई पक्राउ गरी आज बुधवार सार्वजनिक गरेकाे छ । प्रहरीले स्राेत नखुलेकाे पैसासहित दुई जनालाई मङ्गलवार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको हाे ।
पक्राउ पर्नेमा बर्दियाकाे गेरुवा गाउँपालिका–२ घर भई अहिले काठमाण्डाै जडीबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाण्डाै महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् ।
प्रहरी वृत्त जनसेवाबाट खटिएको टाेलीले सोडारीलाई त्याे रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । त्याे रकम अग्रवालबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै