जाजरकोटमा पुनः भूकम्पको धक्का

काठमाडौं – जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शुक्रबार राति जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :