विषालु च्याउ खुवाएर महिलाले गरिन् ३ जना पाहुनाको हत्या

ती महिलाले आफ्ना पूर्वपतिसहितका नातेदारहरुलाई घरमा खाना खान बोलाइन् । उनीहरुलाई अरु खानेकुरा सँगै च्याउको परिकार पनि खान दिइन् । जसका कारण तीन जना पाहुनाको मृत्यु भयो । ती महिलामाथि तिनै जनाको हत्या गरेको अभियोग लागेको छ ।

यो घटना अष्ट्रेलियामा भएको हो । ४८ वषर्ीया एरिन पिटरसन नामकी महिला बिहीबार बिहानै पक्राउ परेकी छिन् । उनलाई पूर्वी भिक्टोरियाको ओंथाग्गी प्रहरी चौकीमा लगिएको छ ।

Advertisement:

आफ्ना पूर्वपति सिमन पिटरसनका ७० वर्षका सासु ससुरा डोन र गेल पिटरसनका साथै ६६ वषर्ीया काकी हिटर विल्किनसनलाई च्याउ खुवाएर हत्या गरेको अभियोगमा उनीसँग सोधपुछ भैरहेको छ ।

मिरर युकेको रिपोर्ट अनुसार काकीका पति भने च्याउको सेवनबाट गम्भीर बिरामी भएता पनि जिवितै रहन सफल भए । दुई महिना अस्पतालमा उपचारपछि उनी निको हुने क्रममा छन् ।

एरिनमाथि तीन जनाको हत्या र पाँच जनाको हत्या प्रयासको अभियोग लागेको छ । उनलाई अदालतमा पेश गरिनेछ ।

समाचार अनुसार हत्या प्रयासका घटना सन् २०२१ तथा सन् २०२२ मा भिक्टोरियामा भएका थिए । एरिनले घरमा पति र सासु ससुरासहित अन्य पाहुनाहरुलाई खाना खान बोलाएर खानामा विषालु च्याउ दिएकी थिइन् । डेथ क्याप नामक उक्त च्याउ निकै विषालु हुनुका साथै यो खाएपछि मानिसको मिर्गौला र कलेजोमा गम्भीर असर पर्दछ ।

एरिनले भने आफूले जानीबुझी त्यस्तो नगरेको जिकिर गरेकी छिन् । उनले आफ्ना पूर्वपतिलाई समेत लञ्चमा निम्तो गरेकी थिइन् । तर, अन्तिम समयमा उनी उपस्थित भएनन् ।

प्रतिक्रिया दिनुहोस् :