एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

मकवानपुर – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ ।
एन्फाद्वारा बिहीबार बागमती प्रदेशको राजधानीमा हेटौंडामा आयोजित विशेष साधारण सभामा नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।
साधारण सभामा उक्त अविश्वासको प्रस्तावमाथि मतदान भएको थियो । एन्फाका कूल ८७ मतदातामध्ये ५३ जनाले मतदानमा सहभागिता जनाएका थिए ।
तीमध्ये ५२ मत नेम्वाङको पक्षमा खसेको थियो भने बाँकी एक मत बदर भएको थियो । अन्यले भने मतदानमा सहभागी जनाएनन् ।
हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा उद्घाटन सत्र नै नराखी विशेष साधारणसभा अगाडि बढेको थियो ।
साधारण सभामा विवाद हुने आशंकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस