हत्यामा संलग्न रही फरार भएकी महिला पक्राउ

Pakrau

काठमाण्डौ – अछाममा भएको १८ वर्षीय युवक हत्यामा संलग्न रही फरार भएकी एक महिलालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा अछाम पञ्चदेवल बिनायक नगरपालिका–८ बस्ने ३० वर्षीया लक्ष्मी सुनार रहेकी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

Advertisement:Pakrau

उहाँका अनुसार यही कात्तिक १७ गते पञ्चदेवल बिनायक नगरपालिका–८ घर भएका १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या गरी फरार रहेकोमा सुनारलाई हिजो बुधवार काठमाण्डौ महानगरपालिका–१६ माछापोखरीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी सुनारलाई आवश्यक कानुनी कारबाहीको लागि आज जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् :