अभिनेत्री दिपाशा बिसीको निधन
काठमाडौं – अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसी बुधबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी थिइन् । तर, बिहीबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु