त्रिविको उपकुलपति सिफारिसका लागि तीन सदस्यीय कमिटी गठन

tribhuwan-university

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि तीन सदस्यीय कमिटी गठन गरिएको छ ।

उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा तीन सदस्यीय कमिटी गठन गरिएको हो ।

Advertisement:tribhuwan-university

प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्री राईको संयोजकत्वमा कमिटी गठन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, गठित कमिटीको अन्य सदस्यहरुमा क्रमशः सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा.चन्द्रकला घिमिरे रहेका छन् ।

त्रिविका उपकुलपति डा.धर्मकान्त बास्कोटाको कार्यकाल यही कात्तिक १८ गते सकिएको थियो । उनको कार्यकाल सकिएसँगै सो पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :