जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु

२८ कात्तिक, जनकपुरधाम । जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिकै अन्दाजी ५० वर्षीय पुरुष रेलको लिकमा किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिएका छन् ।

Advertisement:

रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

मृतकको हाल सम्म सनाखत भएको छैन ।

प्रतिक्रिया दिनुहोस् :