ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं – भक्तपुरमा तेल ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहीबार राति पौने ६ बजे मध्यपुर ठिमी नगरपालिका-१, लोकन्थली चोकमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

जडिबुटीबाट भक्तपुरतर्फ जाँदै गरेको ना ७ ख ४७७४ नम्बरको ट्यांकरले बा ७३ प २१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाइकल चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ ठूलो सिरूवासी घर भई सूर्यविनायक नगरपालिका-३ बालकोट बस्ने ४१ वर्षीय हरिशरण पुरी गम्भीर घाइते भएका थिए।

Advertisement:

उनलाई उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो। त्यहाँ उपचारका क्रममा बेलुकी ७ बजे मृत्यु भएको डिएसपी पाठकले बताए।

प्रतिक्रिया दिनुहोस् :