पूर्व सांसदद्वारा वन फडानी, स्थानीय प्रशासन मौन: सांसद राजीव गुरुङ

Rajiv Gurung - Manange

चामे, ०१ मंसिर । मनाङ जिल्लाका पुर्व सांसद पोल्देन छोपाङ गुरुङसमेत सञ्चालक रहेका स्याउ फार्म एग्रो मनाङ प्रा.लिले सरकारी नीति विपरित करिव २५ रोपनीभन्दा बढी क्षेत्रफलको वन फडानी गरेका छन् । आफ्नो स्याउ खेती विस्तार गर्नका लागि एग्रो मनाङ प्रा.लिले उक्त वन फडानी गरेको हो ।

माथिल्लो मनाङको मनाङ समाज र मनाङ मर्स्याङ्दी क्लवको जग्गा लिजमा लिएर स्याउ फार्म सञ्चालन गर्दै आएको एग्रो मनाङले हालसालै उक्त जग्गाको पछाडीपट्टी रहेको करिब २५ रोपनी वनको २०० भन्दा वढी रुख फडानी गर्दै डोजर लगाएर सम्याएको छ ।

Advertisement:Rajiv Gurung - Manange

मनाङ भ्याली वाईनद्वारा विद्यालयको जग्गामा वाईन फ्याक्ट्री सञ्चालन

त्यस्तै मनाङ भ्याली वाईनले पनि विद्यालयको जग्गामा मदिराजन्य पदार्थ वाईनको फ्याक्ट्री समेत सञ्चालन गरेका छन् ।

ङिस्याङ–१ भ्राताङमा रहेको मनाङ भ्याली वाईनले पनि हालसालै विद्यालयको ३८ रोपनी जग्गामा रहेको रुख तथा विरुवा काटी वाईन फ्याक्ट्री नै सञ्चालन गर्दै आईरहेकोमा स्थानीय प्रशासन मौन रहेको देख्दा मनाङ–(ख) का सांसद तथा पुर्व मन्त्री राजीव गुरुङले आपत्ती जनाएका छन् ।

मनाङ जिल्लाका सबै वन जंगलहरु अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को अधिनमा रहेका छन् । सो वनको सम्पूर्ण रेखदेख र विस्तारको जिम्मा पनि एक्यापमै निहित छ । तर, एग्रो मनाङ प्रा.लिले यती धेरै रुख काट्दा पनि यस बारे आफुलाई जानकारी नै नभएको बताउँछन् अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख ढकबहादुर भुजेल ।

सदरमुकाम चामे नजिकै वन फडानी, सम्झौता विपरीत सार्वजनिक जग्गामा डोजरको प्रयोग, जस्ता घटनाहरु भइरहदा पनि स्थानीय प्रशासन मौन छ । गृहजिल्ला मनाङ पुगेका गण्डकी प्रदेश सांसद एवं पूर्वमन्त्री राजीव गुरुङले सबै घटना देखेपछि माथिल्लो मनाङ अर्थात् आफ्नो क्षेत्रमा धेरै अनियमिता, बल मिचाईका कार्यका साथै वन फडानी मात्र नभएर सरकारको नीति विपरीत श्री जनकल्याण प्रा. विद्यालयको जग्गामा वाइन फ्याकट्री समेत खुलेको पूर्वमन्त्री एवं सांसद गुरुङले खुलासा गरे । सरकारी नीति विपरीतका कार्य भइरहँदा पनि स्थानीय प्रशासन, जिल्ला शिक्षा कार्यालय मौन रहनु लज्जाको विषय भएको भन्दै कानूनी बाटो अपनाउने पनि सांसद एवं पूर्वमन्त्री राजीव गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस् :