आत्महत्या दुरुत्साहन मुद्दामा वडाध्यक्ष पक्राउ

Pakrau

झापा – कमल गाउँपालिका – ६ स्थायी घर भइ पाँचथरमा कार्यरत ३६ वर्षीय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्नताको आरोपमा वडाध्यक्ष नरेन्द्रप्रसाद भट्टराई पक्राउ परेका छन् ।

कमल ६ का वडाध्यक्ष भट्टराईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो। प्रहरीको खोजीमा रहेका उनी प्रहरी कार्यालय आफैं आएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Advertisement:Pakrau

उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ।  घटना भएको १८ दिनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।अदालतबाट म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस् :