टिकटक प्रयोगकर्ताहरुलाई सतर्क रहन सरकारको आग्रह

काठमाडौं, ५ मङ्सिर / टिकटक प्रयोगकर्ताहरुलाई सतर्क रहन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रबक्ता सहसचिव नेत्रप्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सामाजिक सद्भाव र नागरिक सुरक्षालाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायकले डिएनएस र आईपी एड्रेसमार्फत टिकटकको वेबसाईट बन्द गरेपनि कतिपय प्रयोगकर्ताले फि« भिपिएन र ओपन डिएनएसमार्फत टिकटक चलाउने गरेको पाईएको उल्लेख गरिएको छ ।

Advertisement:

जारी विज्ञप्तिमा फि« भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा ब्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउण्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्न जाने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिनेजस्ता जोखिम बढ्ने भएकोले यस्ता नेटवर्क प्रयोग नर्गन सबद्ध सबैलाई अनुरोध गरिएको छ ।

उक्त विज्ञप्तिमा समाज र खाशगरी नयाँ पुस्तालाई कस्तो बाटो अघि बढाउने भन्ने अहम् सवाल रहेको र समाजमा देखिन थालेको विषाक्त मनोविज्ञान र मानव स्वास्थयमा देखिन थालेका नकारात्मक असरप्रति सबै गम्भिर र संवेदनशील हुन आवश्यक भईसकेको औंल्याईएको छ । जारी विज्ञप्तिमा भनिएको छ ‘संविधानप्रदत्त मौलिक हकको संरक्षण गर्नु सरकारको आधारभूत दायित्व हो, यसअन्तर्गत सूचनाको हक, प्रेस स्वन्त्रता तथा अभिब्यक्ति स्वतन्त्रताको हक र सञ्चारको हक प्रत्याभूत गर्न सरकार दृढ सङ्कल्पित छ । सत्य सूचनाको सही सम्प्रेषणले मात्रै संविधानको मौलिक हकको संरक्षण र कार्यान्वयन गर्न सहज हुने यथार्थप्रति गम्भीर बन्दै र भ्रामक सुचनालाई निरुत्साहित गर्नु पनि सरकारको दायित्व हो ।’

त्यसैगरी टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णयको जनस्तरबाट ब्यापक समर्थन भईरहेको बताईएको छ । सो विज्ञप्तिमा अगाडि उल्लेख गरिएको छ ‘नेपाली समाज पारिवारिक एकता र सामाजिक सद्भावमा आधारित समाज हो । हाम्रा सबै नियम, कानून र निर्णयहरु पारिवारिक एकता र सामाजिक कायम गर्ने मूल मान्यतामा आधारित हुने भएकोले यसको संरक्षण र कार्यान्वयन गर्नु सरकारको दायित्व हो । नागरिक सुरक्षा सरकारको अर्को महत्वपूर्ण दायित्व हो । एकातिर नागरिकको गोपनीयताको संरक्षण गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्नुपर्ने दायित्व छ भने अर्कोतिर साईबर अपराधाका घटना न्यून गर्दै नागरिकको जीउधनको सुरक्षा कायम गर्नुपर्ने अभिाभारा छ ।’

त्यसैगरी सामाजिक सञ्जालको रुपमा प्रयोग भईरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नरात्मक असर परिरहेकाले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने मन्त्रिपरिषद्को निर्णयअनुसार सोही दिन नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निर्णय कार्यान्वयन हुदै आएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् :