शेयरबजारमा देखियो २० भन्दा माथि अङ्कको सुधार

काठमाडौं, ६ मंसिर / नेपालको शेयर बजारमा आज २०.६७ अङ्कले सधार आएको छ । अघल्लो दिन अमंगलबार २३ अंकले घटेको सेयर बजारमा बुधबार २०.६७ अंकको सुधार आएको हो ।

आज बढेको शेयर बजारले नेप्सेले १८५० विन्दु प्राप्त गरेसँगै कारोबार रकम पनि बढेर बुधबार १ अर्ब ८ करोडको कारोबार भएको छ । अघिल्लो दिन मङ्गलवार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल १९५ कम्पनीको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो ।

Advertisement:

आजको नेप्सेले सबै उपसमूहका सूचक बढेको देखाएको छ । होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढेको छ । अङ्कका आधारमा वाणिज्य बैंक समूह ३, विकास बैंक ६, फाइनान्स २०, होटल तथा पर्यटन १६७, जलविद्युत् ४५, जीवन बीमा १०९, उत्पादन ८७, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा १२२, अन्य २५ र ब्यापाार उपसमूह २८ अंक बढे ।

त्यसैगरी बुद्धभूमि हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र माथिल्लो मैलुङखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.७, पिपुल्स हाइड्रोपावरको ९.४, सोनापुर मिनरल्सको ८.६ प्रतिशत मूल्य बढ्यो । सयपत्री हाइड्रोपावरको ८.१, स्वाभिमान लघुवित्तको ५.९ प्रतिशत मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, प्राइम कमर्सियल बैंक संस्थापक, मुक्तिनाथ विकास बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट र हिमालयन डिस्टिलरी कम्पनी क्रमशः अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :