दैनिकजसो हुन्छन् सवारी दूर्घटना

हेटौंडा– नेपालमा दैनिकजसो सवारी दूर्घटना हुने गरेको छ । दूर्घटनाबाट ठूलो धनजनको क्षतिसमेत हुने गरेको छ। दुर्घटनामा सामान्यदेखी पुर्णरूपमा अपांग भइ कष्टकर जीवन बिताउनेको संख्या पनि उतिकै छ। तथ्यांक हेर्दा मकवानपुरमा पनि सवारी दुर्घटनाबाट धेरै धनजनको क्षति हुने गरेको छ । दुर्घटना न्यूनीकरणका लागि धेरै प्रयासहरु भएता पनि सकारात्मक परिणाम भने आउन सकेको छैन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांक हेर्दा चालू आर्थिक वर्षको ४ महिनामा मात्र सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् ।त्यसमा १५ वटा ट्रक ,१ वटा टिपर, ४ वटा बस, ११ वटा जिप, कार ,भेन, २ वटा टेक्टर, ६ वटा टेम्पो ,४३ वटा मोटरसाइकल र अन्य ५ वटा गरी कुल ८७ वटा सवारी दुर्घटना भएका छन् ।

Advertisement:

दुर्घटनामा १२५ जना सामान्य घाइते भएका छन् भने ४० जना गम्भीर घाइते भएका छन् । तथ्यांक अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ । मकवानपुरमा हरेक दिन सडक दुर्घटनामा परेर कयौं मानिसले ज्यान गुमाइ रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार , चाडपर्वको समयमा बाहिर बाट भित्रीने क्रम बढे संगै बढ्दो सवारी चापका कारण बढी दुर्घटना भएको बताएका छन् ।चाडपर्वमा बढिजसो मादक पदार्थ सेवन गरी तीब्र गतिमा सवारी साधन चलाउनु अहिलेको मुख्य कारण रहेको उनले बताए ।

बढ्दो सवारी दुर्घटना क्रमलाई रोक्न विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरि चालकलाई सचेत गराउन खोजिएको बताउदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी मात्र जिम्मेवार नभइ सवारी चालकको चेतना स्तर वृद्धि गर्नु पनि उतिकै जरुरी देखिएको उनी बताउँछन् । सवारी चालकले ट्राफिक नियम चालकलाई दुख दिन नभई हाम्रै सुरक्षाको लागि हो भन्ने कुरा मनन गरि ट्राफिक नियममा रहेर सवारी साधन चलाउन पर्छ भन्ने चेतानाको विकास हुन उतिकै जरुरी रहेको प्रहरी निरीक्षक वसन्त आचार्यको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् :