अवैध विदेशी विनीमय कारोबिार गरेको अभियोगमा राजधानीबाट एक जना पक्राउ
काठमाडौं, ७ मंसिर / राष्ट्र बैंकबाट अनुमति नलिई अवैध रुपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा राजधानीबाट एक जना पक्राउ परेका छन् । काठमाडौंको बागबजारबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीको टोलीले ती अवैध विदेशी विनमय कारबारीलाई पक्राउ गरेको हो ।
काठमाडौं महानगर पालिका २८, बागबजार बस्ने ४८ वर्षीय रुपेश श्रेष्ठलाई बुधवार पक्राउ गरेको र उनको साथबाट करिब एक करोड रुपैयाँ समेत बरामद गरेको प्रहरीले दिएको जानकारीमा उल्लेख गरिएको छ । हुन्डीको समेत कारोबार गरिएको आशंकामा पक्राउ परेका श्रेष्ठले अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध विदेशी मुद्राको कारबार गर्दै आएको सूचना समेत प्राप्त गरेपछि उक्त परिमाणको नगदसहित उनलाई पक्राउ गरिएको बताईएको छ ।
पक्राउ परेका श्रेष्ठले काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुको आपराधिक समूह बनाएर यस्तो क्रियाकलाप गर्दै आएको समेत श्रोतले जनाएको छ । श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतीय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ ।
सूचनामा जनाईएअनुसार पक्राउ परेका श्रेष्ठको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सिसिटिभि एनभिआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु