मृत फेला परेका एउटै परिवारका तीनै जनाको दाहसंस्कार

धनकुटा, ८ मंसिर / मृत फेला परेका धुनकुटामा एउटै परिवारका ३ जनाको आज दाह संस्कार गरिएको छ । धनकुटा जिल्लाको धनकुटा नगरपालिका–१ स्थित निगालेमा डेरागरी बस्दै आएका एकै परिवारका तीनजनाको शव ३ वटा चिता बनाएर दाहसंस्कार गरिएको हो ।

झुण्डिएको अवस्थामा मृत्त फेला परेका ३५ वर्षीय टिकाराम गुरुङसहित उनकी श्रीमती ३६ वर्षीया भीमा गुरुङ्ग र १० वर्षीय छोरा आयुष गुरूङ्गको शव पोष्टमार्टम पछि आफन्तले बुझेपछि दाहसंस्कार गरिएको प्रहरी जानकारी दिएको छ ।
जिल्ला प्रहरी प्रमूख उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए अनुसार काराम झुण्डिएको अवस्थामा मृत फेला परेका र उनकी श्रीमती भीमा र छोरा आयुष पनि घरभित्रै मृत भेटिएका थिए । मृतकहरुको लास जिल्ला अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement:

धनकुटा निगालेडोलमा मानिकलाल श्रेष्ठको घरमा भाडामा बस्दै आएका टिकारामले श्रीमती र छोराको हत्या गरी नजिकैको छिमेकीमा लगेर आफ्नी ६ वर्षीया छोरीलाई छोडी आफू आएर झुण्डी आत्महत्या गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । प्राप्त जानकारीअनुसार संखुवासभाको चैनपुरस्थित नुनढाकी स्थायी घर भएका गुरुङ परिवार करिब १२ वर्ष अघिदेखि निगालेका श्रेष्ठको खाली घरमा बस्दै आएका थिए ।

टिकारामको परिवारका चारजना मध्ये ६ वर्षीय छोरी आशिकाबाहेक सबैजना मृत भेटिएका थिए भने छोरी आशिकाले घरमा बुवाआमाबीच झगडा भएको भन्दै छिमेकीलाई सुनाएपछि घटना थाहा भएको बताईन्छ । बुधवार राति करिब १ बजे घटना भएको अनुमान गरिएको छ । घटनाको प्रकृति हेर्दा झगडाका क्रममा ज्याला मजदुरी गर्दै आफ्नो गुजारा चलाउँदै आएका टिकाराम गुरुङले श्रीमती र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जहिलेपनि रक्सी पिएर घरमा आएपछि झगडा गर्ने गुरूङ्ग परिवारको झगडाको कारण भने खुल्न सकेको छैन । यसअघि पनि पटक पटक उक्त घरमा र घर परिसरमा मृत्युका घट्ना भइरहेकाले प्रशासनले आगामी दिनमा यस घरलाई बास बस्न बन्देज गरी यस घरको निगरानी गरिदिन स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस् :