क्यानडाका लागि प्रस्तावित राजदूतविरुद्ध दुई वटा उजुरी दर्ता
काठमाडौं – क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध संसदीय सुनुवाइ समितिमा दुई वटा उजुरी दर्ता भएको छ ।
गत कातिक २ गते बसेको मन्त्रिपरिषद् बैठकबाट प्रस्तावित राजदूतमा पौड्यालको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ समितिले कात्तिक १५ गते उनीविरुद्ध उजुरी आह्वान गरेको थियो । त्यस क्रममा दुई वटा उजुरी दर्ता भएको हो ।
पौड्यालविरुद्ध परेको उजुरीमध्ये एउटामा सरकारी कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा आफ्नी छोरीलाई पढाएको आरोप लगाइएको छ भने अर्कोमा उनको नैतिकतामाथि प्रश्न उठाइएको छ ।
पौड्यालको संसदीय सुनुवाइ आगामी आइतबार दिउँसो १ बजे हुने समितिले गरेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै