ध्वनी प्रदुषण गर्ने ११ वटा मोटरसाइकल प्रहरीको नियन्त्रणमा

loud-sound-pollution-by-bike-tatokhabar

मङ्सिर १०, बुटवल । बुटवलमा मोटरसाइकलको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने ११ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरुप परिवर्तन गरी स्टन्ट गर्दै ध्वनी प्रदुषणका साथै ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले बताए ।

मोटरसाईकल चालकहरुले मोटरसाईकलको स्वरुप परिवर्तन गरी सार्वजानिक स्थान एवं सडकहरुमा अस्वभाबिक तवरवाट सवारी आवागमनमा वाधा पर्ने गरी समुह बनाई मोटरसाईकल स्टन्ट गर्ने, अस्वभाविक ध्वनी निकाली प्रदुषण गर्ने लगायतका कार्य गरी सवारी नियम उल्लंघन गर्नुको साथै त्यस्ता अस्वाभिवक एवं गैरकानुनी क्रियाकलाप गरी भिडियो बनाई बिभिन्न सामाजिक सञ्जालहरुमा राख्ने गरेको भन्ने सूचनाको आधारमा ती मोटरसाइकलाई नियन्त्रणमा लिएको उनले बताए ।

Advertisement:loud-sound-pollution-by-bike-tatokhabar

ती बुटवलसाइकलहरु बुटवलको मिलनचोक, कालिकानगर, बेलबास लगायतका स्थानबाट तालुक राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल र ईलाका प्रहरी कार्यालय बुटवलको संयुक्त प्रहरी टोलिले पक्राउ गरेको प्रहरी प्रमुख थापाले बताएका छन् । मोटरसाइकलका चालकहरुलाई तारिकमा राखेर आवश्यक अनुसन्धान भइरहेको थापाले बताए ।

प्रतिक्रिया दिनुहोस् :