मनहरी गाउँपालिकाले फुलबल खेलाडीलाई १ लाख रुपैयाँ दिने

मकवानपुर – मनहरी गाउँपालिकाले अन्तरपालिका स्तरीय फुटबलमा उपविजेता बनेका खेलाडीलाई १ लाख रुपैयाँ दिने भएको छ ।

बकैया गाउँपालिकामा शनिबार सम्पन्न पहिलो सहिदस्मृति अन्तरपालिका फुटबल प्रतियोगिताबाट उपविजेता बनेको मनहरी गाउँपालिका खेलकुद विकास समितिलाई नगद १ लाख रुपैयाँ दिने घोषणा गरिएको हो ।

Advertisement:

आइतबार गाउँपालिकाको सभाहलमा अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, प्रमुख प्रशासकीय अधिकृत रमेश सुेवेदी लगायतले खादा, प्रमाणपत्रसहित खेलाडीहरुलाई सम्मान गरेका थिए ।

सोह क्रममा बोल्दै पालिका अध्यक्ष कालाखेतीले आगामी कार्यपालिका बैठकबाट प्रोत्साहन रकम अनुमोदन गरी प्रदान गरिने बताए ।

शनिबार भएको फाईनल खेलमा मनहरीलाई बटाई ब्रेकरमा १ गोलले पराजित गर्दै बागमती गाउँपालिकाले उपाधि हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस् :