बाघ खोज्दा शव फेला

मकवानपुर – राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघ खोज्दै गएको टोलीले एउटा शव भेटेको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा नरभक्षी बाघ खोज्दै गएको नेपाली सेना र निकुञ्जका अधिकारीले शव भेटेको मकवानपुर प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान मकवानपुरको मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमा चितवन राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गर्दा मृत्यु भएको थियो । सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी नरभक्षी बाघको खोजी गर्ने क्रममा शव भेटिएको हो ।
पौडेललाई आक्रमण गर्ने नरभक्षी बाघ खोज्ने क्रममा आइतबार साँझ मनहरी गाउँपालिका–६ राप्तीखोला र लोथरखोलाको दोभानमै एकजना पुरुषको शव भेटिएको मकवानपुर प्रहरीले जनाएको छ । शवको पहिचान हुन सकेको छैन । कम्मरभन्दा माथिको भागमा अस्थीपञ्जर मात्रै भएकोले बाघकै आक्रमणबाट मृत्यु भएको हुन सक्ने मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
निकुञ्जको टोलीले आइतबार राती बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवन तर्फ लगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस