प्राधिकरणले हिमालयन गोरखा नेटको लाइसेन्स खारेज गर्यो

nepal-telecommunication-authority

तातोखबर, काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी हिमालयन गोरखा नेट प्रालिको अनुमति पत्र (लाइसेन्स) खारेज भएको छ । दूरसञ्चार सेवा प्रदायकको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सूचना जारी गरेर हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो ।

अनुमति पत्र नम्बर फि.ज.१-१२८ नवीकरण गर्न नचाहेकाले अनुमतिपत्र खारेज गरिएको प्राधिकरणले जनाएको छ । दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम लाइसेन्स खारेज गरिएको हो । प्राधिकरणले कम्पनीलाई नियमानुसार तिर्न वा बुझाउनु पर्ने रकम सम्बन्धमा आगामी ३० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नसमेत सूचीत गरेको छ ।

Advertisement:nepal-telecommunication-authority

प्रतिक्रिया दिनुहोस् :