नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढे : कुलमान घिसिङ

kulman-ghising-NEA

काठमाडौं / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढेको बताएका छन्।

बिहीबार ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबैले नकारात्मक कुरा गर्दा सकारात्मक कुरा र काम गर्ने व्यक्ति म हुँदै गएको बताए।

Advertisement:kulman-ghising-NEA

उनले देशमा यस्तो स्थिति बन्नु दुर्भाग्यपूर्ण भएको बताए। उनले एउटा रुख काट्न नसकेर एक वर्षसम्म राष्ट्रिय महत्वको अप्पर अरुण १ हजार ६१ मेगावाटको योजना अलपत्र परिरहेको बताए। उनले एक वर्षसम्म अनुमति नदिइ काम गर्न नदिने प्रवृत्तिबाट देश बन्न नसक्ने बताए।

‘नेपालमा काम गर्न नदिने प्रवृत्ति र व्यक्ति बढ्यो। सबैले नेगेटिभ मात्रै कुरा गर्ने हो भने काम कसले गर्ने ? पोजेटिभ कुरा त कतै पनि नआउने भयो। यो स्थिति आउनु दुर्भाग्यपूर्ण हो। मैले पीडा बोलेको हो। जता पनि समस्या छ। तराईमा गयो ट्रान्समिसन लाइनको समस्या, यी नजिकै ट्रान्समिसन लाइनको समस्या, लप्सीफेदीमा मेरो बिरुद्धमा नारा लगाइरहेको छ। कसरी काम गर्ने?’, उनले भने, ‘वनले काम नै गर्न दिँदैन, एउटा रुख काट्न नसकेर मैले एक वर्षसम्म एउटा रुख काट्न नदिएर राष्ट्रिय महत्वको ठूलो योजना अप्पर अरुण १ हजार ६१ मेगावाटको बाटोको काम एक वर्षसम्म रोकेर बसेको छ। यस्तो स्थितिले देश बन्छ ? बन्दैन।’

निर्देशक घिसिङले काठमाडौं उपत्यकामा तार भूमिगत गर्ने कुरामा सडक विभागले अनुमति नदिँदा सबै काम ठप्प भएको बताए। उनले अण्डरग्राउण्ड गर्ने ठूलो योजना सडक विभागले सात महिना भइसक्दासमेत अनुमति नदिएपछि काम गर्न नसकेको गुनासो गर्नुभयो। उनले नेपालमा धेरै ठाउँमा समन्वयको अभाव रहेको बताए।

उनले सडक विभागले तार भूमिगत गर्न नदिँदा ठूला कन्ट्याक्टरहरू काम छोडेर भाग्ने अवस्थामा पुगेको उल्लेख गरे। उनले मेरो क्षेत्राधिकार भित्र दिन्न भन्ने मानसिकताबाट देश विकास हुन कठिन रहेको बताए।

उनले समन्वयको कमीका कारण ठूला योजनाहरू बेवारिसेको रुपमा परिणत हुनु दुर्भाग्यपूर्ण रहेको बताए।

प्रतिक्रिया दिनुहोस् :