सर्बिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय दिपेश बास्कोटा रहेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको बारा जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, बास्कोटाले ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा प्याकिङको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी १७ लाख १७ हजार ३ सय रूपैयाँ ठगी गरेको पाइएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस