जीवन दर्शनका लागि अभ्यासमा रहेका बाणीहरुलाई हामीले अनुसरण गर्नु पर्छ

— अनुराधा देवी शास्त्री (महापुरण कथा बाचक)
अनुभव सबैको अलग अलग हुने, भोगाई सबैको भिन्न हुने, कोहीले प्राप्तिमा आनन्दको अनुभव गर्छन् भने कोही कसैले त्यागमा आनन्दको अनुभूति गर्दछन् । वास्तवमा भन्ने हो भने न प्राप्तिमा आनन्द छ न त्यागमा । आनन्दको अनुभव हुन्छ केबल मनको स्थिरतामा आनन्द हुन्छ । मन जब मौन रहन सिक्छ, मन जब स्थिर रहन सिक्छ मनले जब चञ्चलपनलाई त्यागी दिन्छ, त्यतिबेला वास्तविक आनन्दको अनुभूति हुन्छ ।
के प्राप्तीका लागि संसारमा आयौं, के गुमायौं र हामी दुःखी बनिरहेका छौं, ससरमा आईसकेपछि सुख दुःख सबैले भोग गरिरहेका हुन्छन्, यसको अनुभव सबैले पाएका हुन्छन् । त्यो सुख दुःख भोग गर्दा गर्दै आनन्द पत्ता लगाउन पर्ने पनि मानव जीवनको प्रमूख लक्ष्य हो । त्यो आनन्द केबल भगवत भक्ति र भगवत चरणकमलबाट मात्रै प्राप्त हुन्छ । त्यो बाटो पत्ता लगाएर त्यो आनन्दसम्म पुग्नु पनि मावन जीवनको प्रमूख लक्ष्य हो । त्यसैले सुख दुःखबाट हामीले नआत्तिईकन सबैलाई ग्रहण गर्दै त्यस्तो सुख वा दुःख सहजतापूर्वक स्वीकार गर्न सक्नु पर्छ जसले हामीलाई चरम आनन्द दिन सक्छ । यसका लागि हामी सबैले हरिनाम सङ्किर्तन गरौं ।
यदि तपाई हासिदिनु भयो भने संसार तपाईसँगै हासी दिन्छ, तपाई रुनुस् फेरि पनि संसार हासिरहेको हुन्छ । संसार आफ्नै ढङ्गबाट चलिरहेको छ । त्यसैले संसारलाई हेरेर होइन, आफूलाई हेरेर जिउने बानी गरौं । नत्र यो संसारमा सबैलाई खुशी राखेर सबैलाई आनन्दित बनाएर अनि म खुशी हुन्छु भन्ने हो भने त कहिल्यै सम्वभ हुन सक्दैन । त्यहि भएर आफूलाई खुशी राख्न सिक्नु पर्छ । तर आफूलाई खुशी राख्नका लागि अरुलाई कहिल्यै दुःखी पार्नु हुदैन । यदि आफू खुशी रहन अरुलाई दुःख दिईयो भने त्यसले तपाई पनि दुःख दिन्छ र कहिल्यै सुख प्राप्त गर्न सकिदैन ।
सुख प्राप्तिका लागि हामी धनको आवश्यकता ठान्छौं । यो संसारमा धनले यस्तो वातावरण बनाईसकेको छ की धनबिना त केहि पनि हुदैन भन्ने मनस्थिति बनाईसकेको छ । एउटा कुरा के याद गर्नु पर्छ भने धन भन्ने वस्तु वा तत्व छ त्यो उपभोग गर्ने होइन धनको उपयोग गर्ने हो । धन उपभोग गर्न लाग्यौं भने यसले हाम्रो जीवन नै बर्वाद पारिदिन सक्छ । केवल आधारभूत आवश्यकतामा मात्रै धनको उपयोग गर्नु पर्छ यसले सबैतिर शान्ति ल्याउन सक्छ । साबधानीपूर्वक उपयोग गरिएको धनले जीवन दिन्छ तर उपभोगमा रमाउदा यहि धनले जीवन लिन पनि सक्छ ।
एउटा प्यासी ब्यक्तिलाई तपाई जति मिठा मिठा परिकार प्रदान गर्नुहोस् ऊ पानी नपाउञ्जेल पानीका लागि तड्पिईरहन्छ, शान्त भएर बस्न सक्दैन । त्यस्तै हुन्छन् भगवानका भक्त । भगवान भक्तिमा लागेका ब्यक्तिलाई संसारिक जति नै मूल्यवान तत्व उसले प्राप्त गरोस् तर भगवानप्राप्तिको अनुभव गर्दैन, भगवानकृपाको अनुभूति गर्दैन उसले.तबसम्म ऊ हरिनाम कहिल्यै छोड्दैन । उसले हरिनामको यति धेरै जप गर्छ, यति धेरै चिन्तन गर्छ, त्यो उसको जप र चिन्तनले उसलाई भगवानप्राप्ति गराउँछ र उसको सम्पूर्ण भगवत प्राप्तिको प्यास थियो मेटाई दिन्छ । त्यहि भएर भगवत नाम स्मरण गर्नु भगवत चिन्तन गर्नु, भगवत सेवा गर्नु, शान्ति र आनन्द प्राप्तिको एउटा असली बाटो हो ।
कुनै पनि भिडलाई कहिल्यै पछि आफ्नो नसम्झिनु भिनभने त्यो भिड तबसम्म मात्रै तपाईको पछि लाग्छ जबसम्म तपाईँसग केही छ, जुनदिन तपाईसँग केही रहदैन, तपाई खाली हुनुहुन्छ भन्ने त्यो भिडले थाहा पाउँछ नी, अनि त्यो भिड पनि सून्यतामा परिणत हुन बेर लाग्दैन । सबैसँग बराबरी रुपमा हातमा हात, साथमा साथ र पाईलामा पाईला मिलाएर अगाडि बढिन्छ नी त्यतिबेला लाग्छ की ‘मलाई सबैले साथ दिएका छन्’ भनेर तर जति बेला तपाई एक कदम पछाडि पर्नुहुन्छ नी, त्यतिबेला तपाईलाई फर्किएर हेर्ने पनि कोही पनि भटिदैन । त्यतिबेलाका लागि चाहिने हो भगवानको साथ । दियो तबसम्म जलिरहन्छ, प्रकाश छरिरहन्छ जबसम्म पूजाको समापन हुदैन यहि हो जिन्दगी ।
दोषरहित दृष्टिको अभावले संसारमा सबै मानव दुःखी छन् । दुःखरहित सुख संसारमा कहि भेटिदैन । यहि हो समयको खेल र कालको गति कि सबैलाई जित्दा–जित्दै पनि हार्नुपर्ने र सबैभन्दा अगाडि दौडदा–दौडदै पनि पछाडि पर्नुपर्ने सन्सारको नियम नै हो । कर्तव्य र कर्मको पालना गर्दै सहि तरिकाले जीवन निर्वाहका साथ मानव जन्मलाई सफल पार्नु नै जीवन जिउने कला हो । मनुष्य कदापी धनले तृप्त हुदैन रीस, ईष्र्या, द्वेष र प्रतिष्पर्धाको दौडाइबाट प्राप्त धन होस् या नाम यसले कहिल्यै शान्ति र आनन्दको अनुभव हुन दिदैन । तिमी जे सुन्छौ, जे बोल्छौ र जे देख्छौ सत्य त्योभन्दा भिन्न पनि हुनसक्छ ।
भगवानलाई कसैले अर्पण गर्दा एउटा फूलमात्रै अर्पण गर्नु भएको छ र त्यो प्रेभभावले अर्पण गर्नु भएको छ भने त्यो भगवानका लागि ठूलो उपहार हुन्छ । अरुलाई नराम्रो बनाएर आफु राम्रो बन्न खोज्ने स्वभाव लिएर भगवानको समीपमा कसरी जान सकिन्छ ? बाणीमा सीमित रहने विशाल र महान शब्दहरुभन्दा ब्यवहारमा अनुभव गराउने साना साना भावनाहरु सर्वश्रेष्ठ हुन्छन । जुनसुकै वर्णलाई निमित्त बनाएर जन्मिएको होस् त्यही शरीर पवित्र हो जसले हरि नामको सहारा लिएर बाचेको हुन्छ । –राधे राधे
(महापुराण कथा बाचक अनुराधा देवी शास्त्रीको फेसबुकबाट साभार)
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस