लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

काठमाडौँ, तातोखबर । धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिनको सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।

फाप्ला क्रिकेट मैदानमा आइतबार धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई तथा धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई हराउँदै सुखद सुरुवात गरेको छ ।

Advertisement:

पहिलो खेलमा समूह ‘बी’अन्तर्गत धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले हरायो । निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभरमा ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो।

दोश्रो खेलमा समूह ‘एु’अन्तर्गत धनगढी स्पोर्ट्स क्लबले कैलाली जिल्ला क्रिकेट क्लबलाई ७२ रनले हरायो । धनगढी स्पोर्ट्सले दिएको १६७ रनको लक्ष्य पछ्याएको कैलाली १५.२ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटिएको थियो । यसअघि टस जितेर ब्याटिंग गरेको धनगढी स्पोर्ट्स क्लबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

मंगलबार सुदूरपश्चि एकेडेमी र घोडाघोडी क्रिकेट एकेडेमी  तथा शुक्लाफाँटा ब्ल्याकबक्स र खप्तड इन्डोर बीच खेल हुनेछ । प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपियाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६  टीमको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस् :