राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि काम नगरेको टिप्पणी: राष्ट्रियसभा अध्यक्ष

ganesh-timalsina-rastriya-sabha-presedent

तातोखबर, काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरूले देशको समृद्धिका लागि काम गर्न नसकेको टिप्पणी गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरूले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको बताएका हुन्। मंगलवार काठमाडौंमा आयोजित बालक्लबका पूर्व सदस्यहरूको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिका लागि संघर्ष गर्न पनि आग्रह गरे।

Advertisement:ganesh-timalsina-rastriya-sabha-presedent

उनले अघिल्लो पुस्ताका नेताहरूले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए। युवाहरू विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए।

उनले भने, ‘व्यवस्था परिवर्तनमा उहाँहरूको महत्वपूर्ण योगदान रह्यो। तर समृद्धिका लागि राम्रो काम गर्न सकेनौं। अब समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो। अमेरिका, युरोप, अष्ट्रेलिया, जापान, चीन जहाँ गएर पढेर आउनुहोस्। त्यहाँबाट सिकेर आएर सुशासन, आर्थिक प्रगति र सामाजिक न्यायका लागि अर्को संघर्ष गर्न जरुरी छ। युवाहरूले गर्ने संघर्ष भनेको त्यो हो।’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरू दृढ अठोटका साथ अघि बढ्नुपर्ने बताए। उनले बालक्लबमा आबद्ध युवाहरूले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्यसहित अघि बढ्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस् :