मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट
काठमाडौं – मुक्तिनाथ कृषि कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।
कम्पनीका अनुसार, उक्त आईपीओको लागि परेको कूल आवेदकमध्ये १ लाख १४ हजारले सेयर पाएका छन् ।
आईपीओमा १३ लाख ४० हजार १९९ आवेदन परेको थियो । कम्पनीले खुलाएको ११ लाख ४८ हजार कित्ता सेयरमध्ये २ लाख ७४ हजार ५६७ आवेदन मात्रै स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ ।
कम्पनीले मंसिर ८ देखि १२ गतेसम्म सेयर बिक्री खुलाएको थियो । कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारी र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको थियो ।
कम्पनीले बाँकी ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
२.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
३.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
४.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस
-
५.
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु