यू–१९ एसिया कप क्रिकेट: आज नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं / आज शुक्रबारबाट यू–१९ एसिया कप क्रिकेट सुरु हुदैछ । नेपाली युवा टोलीले आज पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

खेल नेपाली समय अनुसार बिहान ११:१५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा सुरु हुनेछ । नेपालको कप्तान देव खनाल र पाकिस्तानको साद बेगले गर्नेछन् ।

Advertisement:

नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन् । उनको उपस्थितीले नेपाली टिम थप सन्तुलित देखिन्छ । गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन् ।

उनले एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशविरुद्ध खेली सकेका छन् । त्यस्तै देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन् । देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । नेपालले समूह चरण पार गर्ने लक्ष्य राखेको छ ।

यूएईमा शुक्रबारदेखि पुस १ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् । प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत, पाकिस्तान रहेका छन् ।समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् ।

नेपालको टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।

पाकिस्तानको टोली

स्साद बेग (कप्तान), अहमद हुसेन, अली अस्फन्द, अमिर हसन, अरफत मिन्हास (उपकप्तान), आजन अविस, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह र शामिल हुसेन ।

प्रतिक्रिया दिनुहोस् :