नेपाल टेलिकमको एनटी फाइबर टेलिफोन प्रयोगकर्तालाई निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा
तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले भोलि मङ्सिर २५ देखि लागू हुने गरी सेवाग्राहीलाई एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा पाउने भएका हुन् ।
नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा महिना दिनसम्म यो सुविधा दिएको हो । यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशअनुसार फेरि १ डायल गर्न पर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले पुनः १९८ डायल गरेर १ थिच्नुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै