प्राईम एसोसियट्स एपोलो ग्रूपको नेपालका लागि अधिकृत बिक्रेता नियुक्त

काठमाडौं, २४ मंसिर / Prime Associates Ptv. Ltd. लाई Apollo Infrratech Group को नेपालको एक मात्र आधिकारिक बिक्रेता नियुक्त गरेकोमा प्राईम एसोसियटले हार्दिक धन्यवाद ब्यक्त गरेको छ । राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक रुपमा प्राईम एसोसियटस्का अध्यक्ष एवं प्रबन्ध निर्देशक दीपक आचार्यले एपोलो ग्रुपलाई धन्यवाद दिएका हुन् ।

एपोलो गु्रपले आफ्नो कम्पनीलाई आधिकारिक विक्रेता नियुक्त गरेकोमा उत्साहित हुदै अध्यक्ष आचार्यले गुणस्तरीय र प्रभावकारी सेवामा निरन्तर रुपमा प्रतिबद्ध रहने समेत विश्वास दिलाउन चाहेको बताए । विगत लामो समयदेखि अटोमोबाईल, रोड, बिल्डिङ र ब्रिज इक्विपमेन्टको निरन्तर विक्री वितरण गर्दै आएको तथा निर्माण व्यवसायीहरुमा चिर परिचित यस प्राईम एसोसियटस् प्रा.लि. ले एपोलो इन्फ«ाटेक ग्रुप, जोईन्ट भेन्चर विथ कार मिक्स–इटाली पार्कर प्लान्ट लिमिटेड युुके, एप्टेक इन्डिया, जेनिथ जर्मनी र हाउकेयी पेडरसाब युएसए का विभिन्न उत्पादनहरु बिक्री वितरण गर्दै आएको पनि जानकारी दिए ।

Advertisement:

कार्यक्रममा अध्यक्ष आचार्यले उल्लेखित उत्कृष्ट र विश्वब्यापी अत्याधुनिक प्रविधि प्रयोग गरी उत्पादन गरिएका निर्माणसम्बन्धी अत्याधुनिक उपकरण, प्लाण्ट तथा पार्टपूर्जाहरु नेपालका लागि एक मात्र आधिकारिक अधिकृत विक्रेता नियुक्त भई विक्री वितरण गर्न लागेको जानकारी गराए । Apollo Inffratech Group अन्तर्गत विगत ४० वर्षदेखि Road Construction Equipment मा अग्रणी स्थानमा रहेको Apollo Gujarat ले हाल नेपाल, भुटान, बङ्गलादेश, श्रीलङ्का तथा अफि«कालगायतका विश्वका विभिन्न देशहरुमा उत्कृष्ट तथा विश्वासनीय उत्पादनहरु विक्री वितरण गर्दै आएकोमा २००८ सन देखि Concrete र Asphalt सम्बन्धी अत्याधुनिक उपकरणहरुको पनि उत्पादन शुरु गरेको बताए ।

उनका अनुसार ‘गुणस्तरीय निर्माणमा हाम्रा अनिवार्य सहभागिता’ भन्ने लक्ष्यका साथ अघि बढेको Apollo Infrratech Group का उत्कृष्ट तथा विश्वासनीय उत्पादनहरु Apollo Car Mix (Self Loading concrete mixer), Concrete batching Plant (Pan type/Twinshft), Concrete Paver, Bitumen Distributor, Bromer, Block tile, Concrete Pipe, Box culverts हरु रहेका छन् । उक्त मेशिनरीहरु औद्योगिक प्रतिष्ठानहरु, पुल, सडक, हाईड्रोपावर, होटल, हस्पिटल लगायत सम्पूर्ण निर्माणमा उपयोग हुने छन् भने Apollo Car Mix 23 Fx Hydropower Tunnel लागि, राजमार्ग निर्माणका लागि, Parker Batch Mix Plant अत्यन्तै उपयागी मानिएको छ ।

प्राईम एसोसियट्सका प्रबन्ध निर्देशक दीपक आचार्यले गुणस्तरीय मेशिनको बिक्री पश्चात Apollo Infrratech Group र Prime Associates Pvt.Ltd. ले आफ्ना ग्राहकहरुलाई उक्त उत्पादनमा १ वर्षको Warranty सहित सम्पूर्ण Spare Parts हरु सुलभ मूल्यमा उपलब्ध गराई मर्मत सम्भारको समेत सेवा प्रदान गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् :