यू–१९ एसिया कप क्रिकेटमा नेपालको भारतसँग लज्जास्पद हार

nepal-vs-india-u19-cricket

तातोखबर, काठमाडौं /  एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ।

यूएईमा जारी प्रतियोगितामा नेपालले दिएको ५३ रनको झिनो लक्ष्य भारतले ७.१ ओभरमा विना क्षति भेट्टायो  । भारतका अर्सिन अतुल कुलकर्नी ४३ र  आदर्श सिंह १३ रनमा अविजित रहे ।

Advertisement:nepal-vs-india-u19-cricket

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा जम्मा ५२ रनमा अलआउट भएको थियो । यू–१९ मा नेपालको यो सबैभन्दा न्यून स्कोर हो ।

नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए । अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए ।

दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए । आकाश चन्द ४ रनमा अविजित रहे ।

भारतका तीब्र बलर राज लिम्बानीले दुबईस्थित आइसीसी एकेडेमी मैदान २ मा ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई ध्वस्त पारेका थिए। उनले ९.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रर्दशन गरे ।

पराजयसँगै नेपाल समूह चरणबाटे बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस् :